दफा १४
सांस्कृतिक जीवनमा सहभागी हुने अधिकार
: (१) अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा टेलिभिजन कार्यक्रम, चलचित्र, नाटक, नाट्यशाला, सिनेमा हल, पुस्तकालय, पर्यटकीय सेवा, कला, साहित्य, सङ्गीत लगायतका सांस्कृतिक कार्यक्रम वा सेवा
र मनोरञ्जनमा पहुँचयुक्त ढाँचा र विधिमा सहभागी हुने अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका व्यक्तिलाई सिर्जनशील, कलात्मक, बौद्धिक, व्यावसायिक, पेशागत तथा आन्तरिक क्षमताको विकास र उपयोग गर्ने अधिकार हुनेछ ।
(३) अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान आधारमा साङ्केतिक भाषा, बहिरा संस्कृति लगायत विशेष सांस्कृतिक तथा भाषिक पहिचानको मान्यता र सहायता पाउने अधिकार हुनेछ ।